दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सुरु भएको छ ।
चालु आर्थिक बर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार चाथौँ त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविर बुधवार (आज) वडा नम्बर २ कुणीबाट सुरु भएको गाउँपालिकाका एमआएस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।
सामान्य हिडडुल गर्न नसक्ने सामाजिक सुरक्षा भत्ताा प्राप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई वडाहरुमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर सञ्चालन गरिएको अपरेटर बिष्टले बताउनुभयो ।
शिविरको पहिलो दिन आज गाउँपालिकाको वडा नम्बर २ कुणीमा १ सय २ जना महिला र ८३ जना पुरुष गरी १ सय ८५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइएको छ । त्यस्तै भोली वडा नम्बर ४ खरकडामा शिविर सञ्चालन हुने बताइएको छ । वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी, पालिकाका शाखागत कर्मचारी, बैंक कर्मचारी सुरक्षाकर्मी जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा भत्ता वितरण गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र र चेक बुक सहित सम्बन्धित वडा कार्यालयहरुमा उपस्थित भइ सेवा लिन अनुरोध गरिएको छ ।





प्रतिक्रिया