दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले चालु आर्थिक बर्षको भुक्तानी रकम लिन असार २० गते सम्म फाइल पेश गरि सक्न आग्रह गरेको छ। गाउँपालिकोले बिहिबार (आज) एक सूचना जारी गर्दै आर्थिक बर्ष समाप्त हुनुभन्दा ७ दिन अगाडी नै भुक्तानी गरि लेखा अद्यावधिक गर्नुपर्ने र भुक्तानी बन्द गर्नुपर्ने प्रावधान अनुसार २० गते सम्म भुक्तानी रकम लिन फाइल पेश गर्न सरोकारवाला सबैमा आग्रह गरेको हो ।
‘आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम ७ बमोजिम आर्थिक बर्ष समाप्त हुनुभन्दा ७ दिन अगाडी भुक्तानी दिई लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने बाध्यकारी व्यवस्था भएको तथा अत्यधिक चापले गर्दा भुक्तानी प्रणालीमा समेत समस्या भइरहेको हुँदा समयमै भुक्तानीका लागि गाउँपालिकाको आर्थिक प्रशासन शाखामा फाइल पेश गर्न हुन अनुरोध छ’, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ।
साथै तोकिएको समयमा पेश नभएका फाइलहरु सम्बन्धमा कार्यालय जिम्मेवार नहुने पनि सूचनामा उल्लेख गरिएको छ।





प्रतिक्रिया