दार्चुलाको मालिकार्जुन गाउँपालिकाद्धारा किसानहरुलाई कृषि साम्रगी वितरण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका किसानहरुलाई विभिन्न कृषि साम्रगी तथा (औजारहरु) वितरण गरेको छ ।

कृषि प्रवद्र्धन तथा यान्त्रिकरण विषेश कार्यक्रम अन्तरगत गाउँपालिकाको ५० प्रतिशत अनुदानमा असार १० गतेदेखि असार २० गते (आज) सम्म किसानहरुलाई विभिन्न कृषि साम्रगी तथा (औजारहरु) वितरण गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो ।

यान्त्रीकिकरणतर्फ ८२ थान मिनि टिलर,४ थान उखु पेल्ने मेसिन, १० थान कर्न सेलर र ५ थान थेसर मेसिन कृषकहरुलाई हस्तान्तरण गरेको मालिकार्जुन गाउँपालिकाका नायव प्राविधिक सहायक रमेश राज जोशीले बताउनुभयो । यान्त्रिकिकरणतर्फ गाउँपालिकाको २५ लाख र किसानको २५ लाख बजेटमा उक्त साम्रगीहरु वितरण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाभरीका १ सय ६६ जना किसाननहरुलाई प्लाष्टिक हाउस र ५५ सेट मेटल विन हस्तान्तरण गरिएको छ । प्लाष्टिक हाउस गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको र अन्य संरचना किसानले बनाउने गरी वितरण गरिएको उहाँले बताउनुभयो ।

यान्त्रिकरणका माध्यमबाट कृषिमा युवाहरुको आकर्षण बढाउन तथा स्वरोजगार सिर्जना गर्ने उद्धेश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ बाट कृषि प्रवद्र्धन तथा यान्त्रिकरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?