लेकम-६ मा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न,१ सय २५ जनाले लिए सेवा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका वडा नम्बर ६ उचाकोटमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ ।

चालु आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार चौथौँ त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता शिविर शुक्रवार (आज) उचाकोटमा सञ्चालन गरिएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनुभयो । शिविरबाट ८७ जना महिला र ३८ जना पुरुष गरी कुल १ सय २५ जनाले सेवा लिएका छन् ।

सामान्य हिडडुल गर्न नसक्ने सामाजिक सुरक्षा भत्ताा प्राप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई वडाहरुमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर सञ्चालन गरिएको अपरेटर बिष्टले बताउनुभयो । शिविरमा वडा नम्बर ६ का वडा अध्यक्ष हरि बहादुर साउँद , गाउँपालिकाका शाखागत कर्मचारी, बैंक कर्मचारी सुरक्षाकर्मी जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । यसअघि वडा नम्बर २ र वडा नम्बर ४ मा शिविर सम्पन्न भइसकेको छ ।

यसैबिच लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा असार २४ गते शिविर सञ्चालन हुनेछ । यसअघि २२ गते सञ्चालन हुने भनिएको शिविर विविद् कारणले २४ गते सारिएको अपरेटर प्रकाश राज बिष्टले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?