भीरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ बस्ने नारायण बडूकी श्रीमती ३५ वर्षीया मानमती बडूको वडा नम्बर ५ कै ठड्याकाठा भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान घरबाट घाँस काट्न गएकी बडू भीरबाट लडेर गम्भिर घाईते भएको अस्थामा प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल दार्चुला पुर्याइएको भएपनी चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

दार्चुलामा पछिल्लो समय भीरबाट लडेर मृत्यु हुनेको संख्या बढ्दो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?