घट्टेखोलामा आएको बाढीले दुम्लिङ विद्युतगृहको नहर बगायो

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहर बगाएको छ ।

मंगलवार रातीको अविरल वर्षाले नहर बगाएको स्थानीयले बताएका छन् । आयोजनाको नहर बगाउँदा सो क्षेत्रका चार वटा गाउँका स्थानीय अध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले नहर बगाएर विद्युत् उत्पादन बन्द भएपछि तल्लो दुम्लिङ, बिचगाउँ, चौराकाठा र दुम्लिङ गोठानगाउँमा विद्युत् आपूर्ति बन्द भएको दुम्लिङका स्थानीय प्रभात बुढाथोकीले जानकारी दिनुभयो ।

वर्षाका कारण मंगलवार राती खोलामा आएको बाढीले विद्युत्को नहर र आसपासका घरमा क्षति भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०६१/०६२ मा गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोग र राजाकोट युवा क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहरमा बाढीले क्षति पु¥याएको ब्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताउनुभयो ।

नहर बगाएर विद्युत् आपूर्ति बन्द भएपछि चार गाउँका १ सय ५ घरधुरीका मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?