मनसुनजन्य विपद्का घटनाहरुबाट सर्तक रहन जिल्ला प्रशासन दार्चुलाको अपिल

दार्चुला । मनसुनजन्य वर्षाको समयमा घट्न सक्ने विपद्का घटनाहरुबाट सावधान रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।

शुक्रवार (आज) एक सूचना जारी गर्दै वर्षाका कारण जुनसुकै समयमा पनी बाढी, पहिरो लगायतका घटना घट्न सक्ने भएकाले वर्षातको समयमा खोला तथा नदीहरुमा पौडी नखेल्ने, बालुवा तथा काठ संकलन गर्न नजाने तथा जोखिमर्पुण काम र यात्रा नर्गन जिल्लावासीमा अपिल गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

दार्चुला बाढी र पहिरोको मध्यम जोखिममा रहेको छ । वर्षाको बेला घट्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन समिति र प्रहरी,स्वयम्सेवक लगायतको टोली तयारी अवस्थामा रहेको छ । साथै विपद्जन्य घटनाबाट क्षती हुने सम्भावना भएमा सम्बन्धित स्थानीय तहहरु, नजिकको सुरक्षा निकाय, स्थानीय लगायत जिल्लावासीहरुमा सहयोग गर्न अपिल गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?