दार्चुला । धनगढीबाट दार्चुलाको गन्नातर्फ आइरहेको जीप बैतडीको पाटन नगरपालिका ६ खिपालीमा दुर्घटना भएको छ ।
सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान करिब साढे ५ बजेको समयमा बैतडीको पाटन नगरपालिका स्थित खिपालीमा दुर्घटना भएको हो । दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको डिलासैनीका २५ वर्षका हेमन्त प्रसाद भट्ट, ३२ वर्षका किरण बोहरा, ५२ वर्षकी कुल्मा धामी, २७ वर्षका राजेन्द्र खत्री, २१ वर्षकी भागरती खत्री उनकी २ वर्ष कि एलिसा खत्री, ३९ वर्षका राम कुमार राना र चालक लाल बहादुर राना रहेका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए । सबै घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ । गम्भीर घाइतेहरुलाई रेफरको तयारी भैरहेको छ । जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।





प्रतिक्रिया