अपी नाम्पा संरक्षण क्षेत्र दार्चुलाद्धारा १६ करोड ४५ लाख बढी राजस्व संकलन

दार्चुला । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८१र०८२ मा संकलन गरेको राजस्व रकम सार्वजनिक गरेको छ

जसअनुसार चालु आर्थिक वर्षमा कार्यालयले विभिन्न शुल्कबाट कुल १६ करोड ४५ लाख ४२ हजार ४५ रुपैयाँ राजस्व संकलन गरेको छ । पर्यटन शुल्कबाट ६६ लाख १० हजार ५ सय २९ रुपैयाँ, पदयात्रा शुल्कबाट १५ हजार ३ सय ९७ रुपैयाँ, प्रशासनिक सेवा शुल्कबाट ५१ लाख ७२ हजार ५ सय रुपैयाँ, बन क्षेत्रको अन्य आयबाट ११ लाख ७१ हजार १ सय ५० रुपैयाँ र वन क्षेत्रको रोयल्टीमार्फत १५ करोड १३ लाख ८ हजार ८ सय १७ रुपैयाँ राजस्व संकलन गरेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी मनोज अवस्थीले जानकारी दिनुभयो ।

त्यस्तै कार्यालयको बेरुजु रकम २ हजार २ सय ५० रुपैयाँ रहेको छ । कार्यालयले मानवीय क्षती (घाईते) हरुलाई ६४ हजार ५ सय ५२ रुपैयाँ, पशुधन क्षतीतर्फ १३ लाख ५८ हजार र अन्नवाली क्षतीतर्फ २ लाख ४४ हजार रुपैयाँ क्षतीपूती दिएको सूचना अधिकारी अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?