दार्चुला । आर्थिक वर्ष २०८१/०८२ को भुक्तानी कार्य बन्द भएसंगै दार्चुलाका नौँ वटै स्थानीय तहहरुले वित्तीय प्रगति विवरण सार्वजनिक गरेका छन् ।

असार २५ गते बुधवार मध्यरातीदेखी सबै पालिकाको कारोबार बन्द भएको थियो । नौँ वटै स्थानीय तहको विवरणमा चालु र पूँजीगततर्फ विनियोजित रकम र खर्च रकम तथा खुद प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गरिएको छ । जसअनुसार सबैभन्दा बढी दुहुँ गाउँपालिकाले कुल बजेटको ९०.७१ प्रतिशत, दोस्रोमा शैल्यशिखर नगरपालिकाले ९०.६ प्रतिशत र तेस्रोमा मार्मा गाउँपालिकाले ८८.६० प्रतिशत बजेट खर्च गरेको छ । यस्तै नौगाड गाउँपालिकाले ८७.५८ प्रतिशत, अपिहिमाल गाउँपालिकाले ८७.५५ प्रतिशत, मालिकार्जुन गाउँपालिकाले ८६.५८ प्रतिशत, लेकम गाउँपालिकाले ८५.०४ प्रतिशत र महाकाली नगरपालिकाले ८३.४३ प्रतिशत र ब्याँस गाउँपालिकाले ८३.२६ प्रतिशत बजेट खर्च गरेको छ ।

दुहुँ गाउँपालिकाले चालुतर्फ २६ करोड ९९ लाख ७ हजार रुपैयाँ विनियोजन गरेकोमा २४ करोड ७३ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ, भने पूँजिगततर्फ ६ करोड ७५ लाख ५५ हजारमध्ये ५ करोड ८७ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले चालु र पूँजिगत गरी कुल ३३ करोड ७४ लाख ६२ हजार रुपैयाँमध्ये ३० करोड ६१ लख २९ हजार अर्थात ९०.७१ प्रतिशत खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर सिंह धामीले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिकाले चालुतर्फ ४५ करोड २९ लाख ७० हजार रुपैयाँ विनियोजन गरेकोमा ४१ करोड ९३ लाख ४८ हजार ९ सय ६६ रुपैयाँ खर्च गरेको छ । त्यस्तै पूँजिगततर्फ १८ करोड ६३ लाख ३४ हजार रुपैयाँ विनियोजन गरेकोमा १५ करोड ९८ लाख ७७ हजार ४ सय ३९ रुपैयाँ खर्च गरेको छ । चालु र पूँजिगत गरी शैल्यशिखर नगरपालिकाले कुल ६३ करोड ९३ लाख ४ हजार रुपैयाँ विनियोजन गरिएकोमा ५७ करोड ९२ लाख २६ हजार ४ सय ५ रुपैयाँ अर्थात ९०.६ प्रतिशत खर्च गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्टले बताउनुभयो ।

मार्मा गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा चालुतर्फ ३२ करोड ४८ लाख ९९ हजार ४ सय ४५ रुपैयाँमध्ये २९ करोड ३३ लाख १ हजार ५ सय ४९ रुपैयाँ खर्च गरेको छ । पूँजिगततर्फ २० करोड २८ लाख ७२ हजारमध्ये १७ करोड ४३ लाख ५१ हजार ७ सय ७३ रुपैयाँ खर्च गरेको छ । मर्मा गाउँपालिकाले चालु र पूँजिगत गरी कुल ५२ करोड ७७ लाख ६१ हजार ४ सय ५८ मध्ये ४६ करोड ७६ लाख ५३ हजार ३ सय २२ रुपैयाँ अर्थात ८८.६० प्रतिशत खर्च गरेको गाउँपालिका प्रशासकीय अधिकृत धमेन्द्र जोशीले बताउनुभयो ।

नौगाड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल ४२ करोड १ लाख ५८ हजार विनियोजित रकममध्ये ३६ करोड ७९ लाख ८१ हजार ९ सय ३२ रुपैयाँ अर्थात ८७।५८ प्रतिशत खर्च गरेको छ । नौगाड गाउँपालिकाले चालु खर्चतर्फ ३२ करोड २७ लाख ६९ हजार ९ सय रुपैयाँमध्ये २८ करोड ४३ लाख ८० हजार ८ सय ७५ रुपैयाँ खर्च गरेको छ । पूँजिगततर्फ ९ करोड ७३ लाख ९० हजार १ सय रुपैयाँमध्ये ८ करोड ३६ लाख १ हजार ५८ रुपैयाँ खर्च गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले बताउनुभयो ।

जिल्लाको अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा चालु तर्फ २२ करोड ६९ लाख ६७ हजार रुपैयाँ विनियोजन गरेकामा १९ करोड ७४ लाख ५९ हजार ४ सय ४ रुपैयाँ खर्च गरेको छ । पूँजिगत तर्फ ९ करोड ३८ लाख ५५ हजार रुपैयाँमध्ये ८ करोड ३४ लाख ४४ हजार २ सय १५ रुपैयाँ खर्च गरेको छ । चालु र पूँजिगत गरी कुल ३२ करोड ८ लाख २२ हजारमध्ये २८ करोड ९ लाख ३ हजार ६ सय २० रुपैयाँ अर्थात ८७.५५ प्रतिशत खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिकाले पूँजिगततर्फ १२ करोड ७२ लाख ४६ हजार १ सय ५२ रुपैयाँ विनियोजन गरेकोमा १० करोड ६१ लाख ८ हजार १ सय १६ रुपैयाँ खर्च गरेको छ, भने चालुतर्फ ३८ करोड ४५ लाख ४५ हजार ८ सय ४८ रुपैयाँ विनियोजन गरेकोमा ३३ करोड ७० लाख १७ हजार ७ सय ४८ रुपैयाँ खर्च गरेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिकार्जुन गाउँपालिकाले चालु र पूँजिगत गरी कुल ५१ करोड १७ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेकामा ४४ करोड ३१ लाख २५ हजार ८ सय ६४ रुपैयाँ अर्थात ८६.५८ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले बताउनुभयो ।

जिल्लाको लेकम गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ मा चालु र पूँजिगत गरी कुल ४८ करोड ३३ लाख ४ हजार मध्ये ४१ करोड १० लाख २६ हजार ५ सय ९८ रुपैयाँ अर्थात ८५.०४ प्रतिशत खर्च गरेको छ । लेकम गाउँपालिकाले चालुतर्फ ३४ करोड ३२ लाख ३४ हजार ४ सय ५४ रुपैयाँमध्ये ३२ करोड ५२ लाख ७६ हजार रुपैयाँ निकासा गरेको र २९ करोड ९७ लाख ७० हजार ६ सय १४ रुपैयाँ खर्च गरेको छ, भने पूँजिगततर्फ १४ करोड ६९ हजार ५ सय ४६ रुपैयाँमध्ये ११ करोड ५७ लाख ४२ हजार रुपैयाँ निकासा गरेको र ११ करोड १२ लाख ५५ हजार ९ सय ८४ रुपैयाँ खर्च गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै महाकाली नगरपालिकाले चालुतर्फ ४९ करोड ७६ लाख ६७ हजार १२ रुपैयाँ विनियोजन गरेकोमा ४२ करोड ५९ लाख ७४ हजार १ सय ४१ रुपैयाँ खर्च गरेको छ । पूँजिगततर्फ ९ करोड ४९ लाख ३१ हजार ६ सय १३ रुपैयाँमध्ये ६ करोड ८४ लाख ४८ हजार ८ सय ५४ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले चालु र पूँजिगत गरी कुल ५९ करोड २५ लाख ९८ हजार ६ सय २५ रुपैयाँमध्ये ४९ करोड ४४ लाख २२ हजार ९ सय ९५ रुपैयाँ अर्थात ८३.४३ प्रतिशत खर्च गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले जानकारी दिनुभयो ।

त्यस्तै ब्याँस गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा चालुतर्फ २६ करोड ३५ लाख ८६ रुपैयाँ विनियोजन गरेकोमा २३ करोड ११ लाख ६७ हजार ३ सय ७८ रुपैयाँ खर्च गरेको छ । पूँजिगततर्फ ११ करोड ८१ लाख ४७ हजार रुपैयाँमध्ये ८ करोड ६६ लाख २ हजार ३ सय ५६ रुपैयाँ खर्च गरेको छ । चालु र पूँजिगत गरी कुल ३८ करोड १६ लाख ४७ हजार ८६ रुपैयाँमध्ये ३१ करोड ७७ लाख ६९ हजार ७ सय ३४ रुपैयाँ अर्थात ८३.२६ प्रतिशत खर्च गरेको गाउँपालिकाले जनाएको छ ।

असार २५ गते रातीबाट आर्थिक कारोबार बन्द भएसंगै पुरानो बजेट सकिएको र साउन १ गतेबाट नयाँ बजेट सुरु हुने भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

एसईई नतिजाः दार्चुलाका विद्यालयमा लटिनाथ मावि खार प्रथम, पालिकामा महाकालीको धेरै (विस्तृत)

२०८२ असार १५, आईतवार १७:५९ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?