दार्चुला । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो। नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।
उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका छन्।
नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन् । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताउनुभयो।
उहाँले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताउनुभयो। उहाँले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भनेपनि त्यो असफल भएको धारण राख्नुभयो ।





प्रतिक्रिया