दार्चुला । दार्चुलाबाट गत आर्थिक बर्ष २०८१/०८२मा ६५ लाख बढीको भन्सार छलीको समान बरामद गरिएको छ।
एक बर्षको अवधिमा जिल्लाका विभिन्न स्थानबाट फरक फरक मितिमा ६५ लाख बढीको भन्सार छलीको सामान र ४ ओटा बोलेरो जिप बरामद गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीले विभिन्न समयमा अवैद्य रुपमा ओसारपोसार गरिरहेको अवस्थामा ६५ लाख २९ हजार ७७ रुपैँयाको भन्सार छलीको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको उहाँले बताउनुभयो ।
त्यस मध्ये नेपाल प्रहरीले ४१ लाख २६ हजार २ सय ५२ रुपैँयाको र सशस्त्र प्रहरीले २४ लाख २ हजार ८ सय २५ रुपैँया बराबरको सामान बरामद गरेको छ । उक्त बरामद भएको भन्सार छलीको सामान ओसारपोसार गर्ने ४ वटा बोलेरो जिप पनि बरामद गरि आवश्यक कार्वाही प्रक्रियामा रहेको कार्यालय प्रमुख मानन्धरले जानकारी दिनुभयो ।
बरामद गरिएका सामानमा सबैभन्दा बढी भारतीय बिँडी रहेको छ। त्यस्तै चिनि र आँटा पनि रहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया