दार्चुलाको लेकममा प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशी हाजिर, स्वागत गरियो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा दिपकराज जोशी सोमबार (आज) गाउँपालिकामा हाजिर हुनुभएको हो ।

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली घर भएका २७ वर्षीय अधिकृत जोशीलाई लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएपछि सोमबार हाजिर हुनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत जोशीलाई गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षतामा आयोजित स्वागत समारोहमा हालसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका अधिकृत अम्बादत्त जोशीसहित विषयगत शाखा प्रमुखहरु, वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशी, वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सहभागीता रहेको थियो । स्वागत समारोहका सहभागीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका गरेको गाउँपालिकाका रोजगार संयोजक राधापल्लब जोशीले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुला र बैतडीका ६ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय सिफारिस गरेको थियो । निमित्तको भरमा चलिरहेका विभिन्न स्थानीयतहहरूमध्ये दार्चुलाको २ र बैतडीका ४ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । दार्चुलाको लेकम गाउँपालिकामा दीपक राज जोशी र दुहुँ गाउँपालिकामा बैतडीका दिनेश जोशीलाई खटाइएको छ । त्यस्तै बैतडीको डिलासैनी गाउँपालिकामा कैलालीका देव राज चौधरी, दोगडाकेदार गाउँपालिकामा डिलाशैनी गाउँपालिकाका नरेश राज जोशी, सुनर्या गाउँपालिमा वसन्त बहादुर धानुक र पञ्चेश्वर गाउँपालिकामा दल बहादुर धामीलाई खटाइएको छ । मन्त्रालयलले दार्चुलासहित विभिन्न जिल्लाका स्थानीय तहमा ६९ जना प्रमुख प्रशासकीय अधिकृत खटाएपछि हाजिर हुने क्रम सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?