बैतडीमा विप्लव नेतृत्वको नेकपाले सुरु गर्‍यो सामूहिक कोदो खेती

दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैतडीमा सामूहिक कोदो खेती शुरु गरेको छ ।

जिल्ला इन्चार्ज रामसिंह कुँवरको नेतृत्वमा दोगडाकेदार गाउपालिका–१ को रीममा ७ रोपनी जमीन भाडामा लिएर सामूहिक कोदो खेती शुरु गरिएको हो ।

स्थानीय किसानहरुबाट जमीन भाडामा लिएर कोदो खेती गरिएको जिल्ला इञ्चार्ज कुँवरले बताउनुभयो । पार्टीको दोगडाकेदार गाउँपालिका वडा नं १ को वडा कमिटिका २७ जना सदस्यहरु कोदो खेतीमा सरीक रहेका कुँवरले बताउनुभयो ।

आत्मनिर्भर बन्ने पार्टीको केन्द्रीय नीति अनुसार स्थानीयस्तरमा पनि सामूहिक कोदो खेतीको शुरुवात गरिएको नेकपा बैतडीले जनाएको छ । बाँझो जमीन उपयोग गरेर आत्मनिर्भरताको बाटोमा लाग्नका लागि कोदो खेतीको शुरुवात गरिएको कुँवरले दाबी गर्नुभयो ।

अहिले गरिएको कोदो खेतीबाट कम्तीमा दुई क्विन्टल पार्टीले सञ्चालन गरेको सी व्यापार केन्द्र काठमाण्डौंमा पठाइनेछ भने बाँकी स्थानीयस्तरमै विक्रि गरिने उनले बताए । बैतडीमा कोदो उत्पादनको राम्रो सम्भावना रहेकाले सामूहिक कोदो खेती गरिएको उहाँले बताउनुभयो।

आगामी दिनमा सामूहिक खेतीलाई विस्तार गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको कुँवरले बताउनुभयो। सामूहिक खेतीमा पार्टीका नेता –कार्यकर्ताहरुलाई सरीक गराइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?