लेकम-१ सर्माेलीमा रहेको बडिपुर माविको विद्यालय भवन पहिरोको जोखिममा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्माेलीमा रहेको बडिपुर माध्यमिक विद्यालयको भवन पहिरोको जोखिममा परेको छ।

निरन्तरको बर्षाको कारण भवन अगाडी पट्टीको जमिन भासिए पछि विद्यालयका २ वटा भवन पहिरोको जोखिममा परेको विद्यालयका प्रधानाध्यापक प्रमान्नद विष्टले बताउनुभयो । विद्याल भवनको अगाडीबाट निर्माण गरिएको सडकको कारण पहिरो खस्दा विद्यालय भवन जोखिममा परेको उहाँले बताउनुभयो ।

अहिले विद्यार्थीलाई जोखिमपुर्ण भवनमा राखेर अध्यन-अध्यापन गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । पहिरो नियन्त्रणको लागि वडा कार्यालय मार्फत लेकम गाउँपालिकालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?