दार्चुला । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पत्नी रन्जिता श्रेष्ठलाई पाटी अध्यक्षबाट हटाएका छन् । रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई पाटी अध्यक्षबाट हटाउने निर्णय गरेको नागरिक उन्मुक्ति पाटीका महासचिव ठाकुरसिंह थारुले बताउनुभयो ।
रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रुपमा सम्बन्ध बिच्छेदको चरणमा पुगेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ, भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम रन्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ ।





प्रतिक्रिया