राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

दार्चुला । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई पुर्पक्षमा थुनामा पठाउने अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएसँगै उनी कारागार चलान भएका छन् । उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए ।

काठमाडौंमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?