अछाममा ६५ वर्षीय वृद्ध मृत अवस्थामा फेला

दार्चुला । अछाममा ६५ वर्षीय एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ घर भएका जगन्नाथ खनाल बिहीवार साँझ साढे सात बजे मृत फेला परेका हुन्। उनी मंगलसेन नगरपालिका–५ बजारमा जितेन्द्र शाहको खाली घरमा एक्लै बस्दै आएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

प्रहरीका अनुसार दिनभरि मजदुरी गर्ने र घरमा एक्लै बस्ने उनको दिनचर्या थियो। बिहीवार दिनभरि उनी घरबाहिर ननिस्किएपछि स्थानीयले घरभित्र गएर हेर्दा उनको अन्तिम सास मात्र बाँकी थियो। अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर कमाण्डको अनुसन्धान टोली घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि अस्पतालमा राखेको छ। प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्नेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?