दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-१ सर्मोलीमा विद्युत लाइन (एलटी) परीक्षण गरिएको छ । सर्मोलीको बडिपुर आसपासका विभिन्न टोलमा विद्युत लाइन परीक्षण गरिएको स्थानीय तारा बोहराले बताउनुभयो ।
विद्युत लाइन परीक्षणका क्रममा करेन्ट प्रवाह हुने भएकोले तार, पोल, स्टे, ट्रान्सर्फमर नछुन हुन तथा आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको लेकम-१ का वडाअध्यक्ष नवराज पन्तले बताउनुभयो ।





प्रतिक्रिया