दार्चुला । नेकपा (एमाले) दार्चुला–काठमाण्डौ सम्पर्क मञ्चले एसईई २०८१ मा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ। शनिबार (आज) काठमाण्डौँको विजुली बजारमा एक कार्यक्रमको बीच एसईईमा उत्तिर्ण भइ उच्च शिक्षा हासिल गर्न दार्चुलाबाट राजधानी काठमाडौं गएका २० जना विद्यार्थीलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान गरिएको सुमन धामीले बताउनुभयो ।
नेकपा (एमाले) दार्चुला–काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष उपेन्द्र सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, दार्चुला ईन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै केन्द्रीय कमिटी सदस्य कल्पना थापा र हरदेव जोशी, प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामी, राष्ट्रिय खेलकुद परिषद सदस्य जगतसिंह धामी, सुदूरपश्चिम सम्पर्क कमिटी पूर्व सचिव राम पन्त, दार्चुला सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष दिवानसिंह धामी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एसईई २०८१ मा उत्तिर्ण २० जना विद्यार्थीलाई सम्मान गरिएको छ । कार्यक्रमका अतिथिहरूले उच्च शिक्षा हासिल गर्न काठमाडौं प्रवेश गरेका विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।





प्रतिक्रिया