सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेडक्वाटर दार्चुलाले पाँचौ बार्षिकोत्सब मनायो

दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको पाँचौ बार्षिकोत्सब भव्यताका साथ मनाइएको छ । सोमबार (आज) एक समारोहको आयोजना गरी बार्षिकोत्सब मनाइएको सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति देवराज जोशीले बताउनुभयो ।

विहान ८ः३० बजेदेखी सदरमुकाम खलंगास्थित सशस्त्र गण परिसरमा विभिन्न कार्यक्रमसहित दिवस मनाइएको उहाँले बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा नम्बर ७ बाहिनीका बाहिनीपती प्रदिप कुमार पालको प्रमुख आतिथ्यता रहेको थियो । विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसहित कार्यालय प्रमुखहरुसहित जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अधिकारी, विभिन्न पेशा तथा व्यवसायकर्मी सरोकारवाला आमन्त्रित विभिन्न व्यक्तित्तहरुको आतिथ्यता रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले पाँचौ बार्षिकोत्सबको अवसरमा ब्याटमिन्टन प्रतियोगिता सञ्चालन, बृक्षारोपण र सरसफाई लगायत गतिविधि समेत गरेको छ ।

दिवसको पूर्वसन्ध्यामा नमस्कार देखी साकार सम्म सडक किनारा र मन्दिर परिषरमा संरक्षणको व्यवस्थासहित बहुउपयोगी बिरुवाहरु पिपल, बर, स्बामी, बेल, अशोका सहित ३३ बिरुवा रोपिएको थियो । गणको तर्फबाट दिवस समारोहमा सांस्कृतिक कार्यक्रम तथा प्रस्तुती समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?