दार्चुलाबाट १ बर्षमा १४ महिलासहित १९ जना बेपत्ता

दार्चुला । दार्चुलाबाट गत आर्थिक बर्ष २०८१/०८२ मा १९ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा जिल्ला भरिबाट ८८ जना बेपत्ता भएको निवेदन परेकोमा ६९ जना सम्पर्कमा आएका छन् भने १९ जना अझै सम्पर्क विहिन रहेका छन् ।

परिवार वा आफन्तबाट सम्र्पक विहिन भएका ८८ जना मध्ये ६९ जना परिवार वा प्रहरीको सम्पर्कमा आएको र बाँकी १९ जना हाल सम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । बेपत्ता १९ जनाको अहिले पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा सम्पर्क विहिन हुनेको संख्यामा सबैभन्दा बढी महिला रहेका छन् । गत आर्थिक बर्षमा दार्चुलाबाट ४४ जना महिला सम्पर्क विहिन भएको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।

सम्पर्क विहिन भएका ४४ जना मध्ये प्रहरी र परिवारको सहयोगमा ३० जना फेला परेका छन् भने अझै १४ जना महिला सम्पर्क विहिन रहेका छन् ।

त्यस्तै सम्र्पक विहिन भएकाहरुको तथ्याङमा बालबालिकाको संख्या २७ जना रहेको छ। १ बर्षको अवधिमा जिल्ला भरिबाट २७ जना बालबालिका सम्पर्क विहिन भएको नवेदन परेकोमा २५ जना परिवार वा प्रहरीको सम्पर्कमा आएका छन, भने २ जना अहिले सम्म सम्र्पकमा आएको जानकारी प्रहरीलाई प्राप्त नभएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला भरिबाट गत आर्थिक बर्षमा १५ जना पुरुष सम्र्पक विहिन भएकोमा १३ जना सम्पर्कमा आएको र ३ जना सम्पर्क विहिन रहेको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।
जिल्लामा गत आर्थिक बर्षमा एक जना जेष्ठ नागरिक पनि बेपत्ता भएको निवेदन परेको प्रहरीको तथ्याङ छ ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारी लगायत विभिन्न कारणले परिवारमा जानकारी नगराई देशकै विभिन्न ठाउँ भारत जाने गरेका कारण बेपत्ता हुने मानिसको सङ्ख्या बढेको छ।

दार्चुला भारतसंग खुल्ला सीमाना भएको जिल्ला हो, यहाँबाट भारतसँगको आवत–जावत सजिलो छ। यही खुला सिमानाको कारणले गर्दा महिला, बालबालिका र पुरुषहरू पनि अनियन्त्रित रूपमा आवतजावत गर्ने गरेका छन् ।

प्रहरीको अनुसार बेपत्ता हुनेहरूमा बढी संख्या महिलाहरूको छ, जसको पछाडि घरेलु हिंसा, सामाजिक सञ्जालको गलत प्रयोग, रोजगारीको कमी, बेचबिखन, घरेलु हिंसाबाट बच्न भाग्ने वा रोजगारीको खोजीमा बिना जानकारी घर छोड्ने, कामको प्रलोभन जस्ता कारणले बेपत्ता हुने दर उच्च देखिएको छ।

त्यस्तै बालबालिका हराउने प्रमुख कारण भने अभिभावकको निगरानीको कमी, खेल्ने क्रममा हराउनु वा सीमापार जानु रहेको छ। पुरुषहरू विशेष गरी रोजगारीको खोजीमा भारततिर गएर सम्पर्क विहीन हुने गरेका छन्।

सामाजिक सञ्जालको दुरुपयोग, गरिबी, बेरोजगारी, मानसिक तनाव, परिवारमा समन्वयको कमी जस्ता सामाजिक पक्षहरूले पनि बेपत्ता हुने दर बढ्नुको कारण बनेका छन्।
यस्तै, कतिपय अवस्थामा हराएको व्यक्ति फेला परिसकेपछि पनि परिवार वा आफन्तले प्रहरीलाई जानकारी नदिने प्रवृत्तिले समेत प्रहरी तथ्याङ्कमा सम्पर्क विहीनको संख्या थपिन पुगेको प्रहरी निरीक्षक रावतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?