दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा “बर्पाली” खाेला झाेलुङ्गे पुल उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष हिरासिंह धामीले उक्त झोलुङ्गे पुल उद्घाटन गर्नुभएको हो ।
बर्पाली पुल सञ्चालनमा आएसंगै मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ र ८ का जनताका साथै यात्रुहरूले सेवा पाउने अध्यक्ष धामीको भनाइ छ । पुल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरासिंह धामी, उपाध्यक्ष कल्यानसिंह धामी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नासहित जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, स्थानीय नागरिक लगायतको आतिथ्यता र सहभागीता रहेको थियो ।





प्रतिक्रिया