दार्चुला । नेपाल-भारत मैत्री संघले दार्चुलाको छाङरु र टिंकरका ४९ परिवारलाई खाद्यान वितरण गरेको छ।
शुक्रबार (आज) भारतको स्वतन्त्रता दिवस (१५ अगस्ट) को अवसरमा व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरु र टिंकर गाउँका ४९ परिवारलाई खाद्यान वितरण गरिएको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बासुदेव ऐतवालले जानकारी दिनुभयो ।
गाउँपालिका वडा नम्बर १ छाङरु तिङ्करका अति विपन्न तथा एकल परिवारलाई चामल चिनी तेल लगायत खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो ।
१ छाङरु गाउँमा एक औपचारिक कार्यक्रम बिच नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बासुदेव ऐतवालले छाङरु गाउँका ३४ र टिंकर गाउँका १५ विपन्न तथा एकल घरपरिवार गरि कुल ४९ परिवारलाई प्रती घरपरिवार २६ किलो चामल, २ किलो चिनी र १ लिटर तेल वितरण गरिएका ऐतवालले जानकारी दिनुभयो ।
छाङरु तिङ्करका स्थानीयले मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत मैत्री संघले खाद्यान्न वितरण गरेकोमा नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बासुदेव ऐतवाललाई धन्यवाद ज्ञापन गरेको व्याँसका स्थानीय दिपक खातीले जानकारी दिनुभयो ।





प्रतिक्रिया