दार्चुला । पहिरोले अबरुद्ध भएको महकाली लोकमार्गको दार्चुला गोकुलेश्वर खण्ड सुचारु भएको छ। बर्षासंगै लेदोसहितको पहिरो खस्दा आइतबार राती देखि बन्द रहेको महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्ड विहान ११ बजेबाट सञ्चालन भएको मालिकार्जुन प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र सिंह धामीले बताउनुभयो ।
सडक माथिबाट खसेको पहिरोले सोमबार विहानदेखि मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ तेर्छालेक र शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने रनेबाँस क्षेत्रमा सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाइएपछि सडक सामान्य रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो ।





प्रतिक्रिया