दार्चुला । अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका वृद्धको ढलेर मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका–३ लकान्द्राका ७३ बर्षिय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको हो।

मङ्गलवार (आज) बिहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आउदै गर्दा कमलबजार नगरपालिका–२ कालापोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा मनहरे हिड्दाहिड्दै एक्कासि ढल्नुभएको थियो । स्थानीयहरूले तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार लगेको र मध्याह्न १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गम क्षेत्रका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूले सास्ती खेप्नुपरेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?