दार्चुला जिप दुर्घटना अपडेटः गर्भवती महिलाको मृत्यु, अरु घाइतेको गोकुलेश्वरमा उपचार हुँदै

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विहिबार (आज) विहान नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा भएको जिप दुर्घटना परि गम्भीर घाइते हुनुभएकी नौगाड गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा १ बजेको समयमा गम्भीर घाइते टमटाको ज्यान गएको उहाँले बताउनुभयो । घाइते अरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको छ । नौगाडको होपरीबाट होपरीगाडतर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको ग. ३ च. ३३५१ जिप दुर्घटना हुँदा ११ जना घाइते भएको स्थानीय प्रकाशसिंह धामीले बताउनुभयो । घाइतेमध्ये चार जना गम्भीर रहेकोमा गर्भवती महिला टमटाको मृत्यु भइसकेको र बाँकी तीन जना खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्नालाई बढी चोट रहेको र बाँकी सात जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।

सामान्य घाइतेमा नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, ३४ वर्षीय उमेशसिंह ठगुन्ना, १२ वर्षीय राम महत र श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ वर्षीय लक्ष्मी कार्की रहेका छन् ।

चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाबारे राजनीतिक दलका नेता, जनप्रतिनिधिसहित जिल्लाबासीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?