सुदूरपश्चिमेली नेपाली समाज जम्मू-कश्मीरले अठवालीमा गौरा तथा तिज विशेष कार्यक्रम गर्दै

दार्चुला । सुदूरपश्चिमेली नेपाली समाज जम्मू एवम् कश्मीर समितिले गौरा तथा तिज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । अगष्ट ३१ तारिक तथा भदौ १५ गते अठवालीका दिन गौरा तथा तिज विशेष कार्यक्रम आयोजना गर्ने तयारी रहेको सुदूरपश्चिमेली नेपाली समाज जम्मू कश्मीर समिति अध्यक्ष भुपालदत्त भट्टले बताउनुभयो । चर्चित नेपाली कलाकार उमाशंकर जोशी र लक्ष्मी नेपालीको साङगेतिक प्रस्तुतीसहित अगष्ट ३१ तारिकका दिन विहान १० बजेदेखी बेलुकी ५ बजेसम्म अग्रवाल सभा सुन्दर सिंह गुरुद्धार रोड विवेकानन्द चौक जम्मुमा गौरा र तिज विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

सुदूरपश्चिमको मौलिक तथा महान पर्व गौराको मुख्य दिन नेपाली कलाकार समेतको उपस्थितिमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय समिति कोषाध्यक्ष बाशुदेब जोशीले बताउनुभयो । विदेशी भूमिमा भएपनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न र गाउँघर तथा चाडपर्वको न्यास्रो मेटाउन कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ । गौरा विशेष विभिन्न प्रस्तुती सहित भव्य कार्यक्रम सञ्चालन हुने भएकोले उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?