दार्चुला । सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध भएको महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर–खलंगा सडकखण्ड सुचारु भएको छ ।
शुक्रबार साँझ पहिरो खसेपछि पहिरोमा एउटा जिप समेत फसेको थियो, भने सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्धसडक शनिबार (आज) विहान सडक विहान ११ बजेबाट सञ्चालन भएको मालिकार्जुन प्रहरीले जनाएको छ।
शुक्रबार साँझ बर्षासंगै खसेको पहिरोमा खलंगाबाट गोकुलेश्वरतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ ज ११८४ नम्बर को जिप फसेको थियो । पहिरोमा फसेको जिप सुरक्षित रुपमा निकालिएको र जिपमा क्षती नभएको प्रहरीले जनाएको छ।
हिजो राती ११ बजेसम्म सडक खुलाउन प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिए पछि आज विहान ६ बजेबाट पहिरो हटाउन सुरु गरिएको थियो ।
लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । जिल्ला बाहिरबाट आउने र जिल्ला बाहिरिने लामो दुरिका यातायातका साधन हिजो राती देखि नै रोकिएका थिए । अहिले भने सडक सञ्चालन भए संगै लामो दुरिका सवारीसाधन गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो ।
सोही ठाउँमा यो हप्ता मात्रै ३ पटक सडक अबरुद्ध भएको छ। थोरै बर्षा हुँदा पनि लेदोसहितको पहिरो खस्ने हुँदा पटक पटक सडक अबरुद्ध हुने गरेको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज नरेन्द्र सिंह धामीले बताउनुभयो । अहिले पहिरो हटाएर सडक सञ्चालन भए पनि पानी पर्ने बित्तिकै फेरी अवरुद्ध हुने अवस्था रहेको छ ।
सोही ठाउँमा आइतबार राति पहिरो खस्दा सोमबार विहान सम्म सडक अवरुद्ध भएको थियो । फेरी सोमबार रातीबो बर्षाले मंगलबार बेलुका सम्म सडक अवरुद्ध भएको थियो ।
पटक पटक लामो समय सम्म सडक अवरुद्ध हुँदा यात्रु तथा यातायात व्यवसायीलाई समस्या हुने गरेको छ।





प्रतिक्रिया