नेकपा (एमाले) दार्चुलाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम: छलफल र प्रशिक्षण गरिदै

दार्चुला । नेकपा (एमाले) दार्चुलाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम खलंगामा सुरू भएको छ । नेकपा (एमाले) जिल्ला कमिटी दार्चुलाको आयोजनामा शनिबार (आज) खलंगास्थित भावना सभाहलमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सुरू भएको एमाले दार्चुलाका सचिव उमेश राज जोशीले बताउनुभयो ।

एमाले जिल्ला कमिटी दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा भेला सुरू भएको हो । उक्त भेलामा केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेशसिंह धामी, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य, पालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्ष/सचिव, जनसंगठनका केन्द्रीय, प्रदेश, जिल्ला किमिटी पदाधिकारी एंव पालिका कमिटी अध्यक्ष, निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायत नेता कार्यकर्ताको आतिथ्यता र उपस्थिति रहेको छ ।

प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले विधान संशोधन प्रस्ताव सम्बन्धि जानकारी गराउनुभएको छ । यस्तै पोलिटब्युरो सदस्य ठगुन्नासहित अतिथिहरूको प्रशिक्षणात्मक मन्तव्य सहित छलफल गर्ने कार्यसूची रहेको एमाले दार्चुलाले जनाएको छ । शनिबार प्रशिक्षण भेला सम्पन्न गरेर आइतबार जिल्ला कमिटी बैठक आयोजना गरिने एमाले जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?