भूमि समस्या समाधान आयोग दार्चुलाद्धारा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

दार्चुला । भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाले शैल्यशिखर नगरपालिकाका ५ जना अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ का ५ जना अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिंह धामीले बताउनुभयो । लालपुर्जा वितरण कार्यक्रममा समन्वय समिति प्रमुख महादेब बडू, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसीर, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

भूमि समस्या समाधानका लागि गठित विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने कार्यविधि २०८१ अनुसार शैल्यशिखर-६ का अव्यवस्थित बसोबासीलाई दोस्रो चरणमा जग्गाधनी पुर्जा वितरण गरिएको उहाँले बताउनुभयो । यस अघि आयोगले वडा नम्बर ६ कै मिलमिली, पनेवाँज, उल्लानी, ग्वानी र टुणा बस्तीका ४७ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको अध्यक्ष धामीले बताउनुभयो ।

पहिलो चरणमा पुर्जा वितरण गर्न छुटेका अव्यवस्थीत बसोबासीलाई बुधबार (आज) पुर्जा वितरण गरिएको हो । आयोगले भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीलाई आवश्यक प्रक्रिया पुरा गरेपछि जग्गाधनी पुर्जा वितरण गरिरहेको छ। विभिन्न स्थानीय तहबाट प्राप्त भएका निवेदन प्रक्रियामा रहेको भूमि आयोग दार्चुलाका सदस्य नारायणदत्त भट्टले बताउनुभयो।

दार्चुलामा भूमिहीन दलित १४६ जना, सुकुम्बासी ६७ जना र अव्यवस्थित बसोबासी १ हजार ५६० जनाले आयोगमा निवेदन दिएका छन् । यसअघि आयोगमा ५६६ जनाको निवेदन दर्ता भएको थियो । छुटेकाहरूले असोज ६ गतेभित्र निवेदन दिन अन्तिम पटक सूचना आह्वान गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?