दार्चुलाको शैल्यशिखर–४ काँडापारीमा गौराको अवसरमा देउडा प्रतियोगिता, मदिरा र जुवातास निषेध

दार्चुला । आगामी गौरा पर्वको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिका–४, काँडापारीस्थित भगवती मन्दिर विकास तथा व्यवस्थापन समितिले विविध कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले देउडा प्रतियोगिता आयोजना गर्ने र मन्दिर क्षेत्रमा मादक पदार्थ सेवन तथा जुवातासजस्ता अवाञ्छित गतिविधि कडाईका साथ निषेध गरिएको भगवती मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव धर्मराज भट्टले जानकारी दिनुभयो ।

समितिका अनुसार गौरा पर्वको अवसर पारेर साउन १६ गतेदेखि २० गतेसम्म देउडा प्रतियोगिता सञ्चालन हुने छ। प्रतियोगितामा सहभागी हुन चाहनेले साउन १६ गते दिउँसो ३ बजेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ। विजेतालाई प्रथम पुरस्कार रु. ४,१००, द्वितीय पुरस्कार रु. २,१०० र तृतीय पुरस्कार रु. १,१०० सहित प्रमाणपत्र प्रदान गरिने भट्टले बताउनुभयो ।

समितिले देउडा खेललाई सांस्कृतिक पहिचान, सम्मान र एकताको माध्यमका रूपमा अगाडि बढाउन सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

यससँगै गौरा पर्वको धार्मिक मर्यादा र शान्तिपूर्ण वातावरण कायम राख्न समितिले मन्दिर वरपर मादक पदार्थ सेवन, बेचविखन, ओसारपसार तथा जुवातास पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको छ। नियम उल्लंघन गर्ने व्यक्तिलाई रु. ३,००० देखि १०,००० सम्म जरिवाना तोकिएको छ।

समितिले गौरा पर्वलाई सभ्य, मर्यादित र धार्मिक वातावरणमा सम्पन्न गर्न सबैलाई सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?