दार्चुला । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाका दुई नगरपालिका र तीन गाउँपालिका गरि ५ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । निमित्तको भरमा चलिरहेका स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
सोहि अनुसार दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, व्याँस र अपिहिमाल गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो ।
जिल्लाको महाकाली नगरपालिकामा अनुप केसी र शैल्यशिखर नगरपालिकामा राजु कुँवरलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ ।
त्यस्तै मालिकार्जुन गाउँपालिकामा जनक सिंह उखेडा, व्याँस गाउँपालिकामा डिल्ली बहादुर खडका र अपिहिमाल गाउँपालिकामा खगेन्द्र राज जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ।
निमित्तको भरमा चलिरहेका जिल्लाको लेकम र दुहुँ गाउँपालिकामा गत असारमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएका थिए ।





प्रतिक्रिया