आज सुदूरपश्चिमका र कर्णाली एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दार्चुला । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँ र अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एकरदुई ठाउँमा आज राति ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

गएराति पनि लमजुङको राइनासटारमा ठूलो पानी परेको थियो । राइनासटारमा पछिल्लो २४ घण्टामा एक सय २४।४ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?