बैतडीमा पहिरोले एउटा घर भत्कियो: एकजना घाइते, १३ पशु मरे

दार्चुला । वर्षासँगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ । हिजो घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिनुभयो । घरभित्र पुरिएकी उहाँको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।

पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?