दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ मा अटो दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । नौगाडको होपरीगाडबाट मसिनाबगर तर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटो सोमबार दिउसो नौगाड खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो ।
अटोमा चालकसहित ५ जना सवार रहेको उहाँले बताउनुभयो । दुर्घटनामा अटो चालक ३६ वर्षीय मनिराम भुलका छोरा १७ वर्षीय आयुष भुल घाइते भएको प्रहरी निरीक्षक रावतले बताउनुभयो । अटोमा सवार अन्य ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। अटो चालक भुललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया