दार्चुला । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा बिदाइ हुनुभएको छ । प्रहरीको ३० वर्षे सेवा अवधि पूरा गरी आजदेखि अवकाश पाएका थापालाई गृहमन्त्री रमेश लेखकले आजै बिदाइ गर्नुभयो ।
आइजीपी थापासँगै एआईजीहरू टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाउनुभएको छ । आईजीपी थापासहित एआईजीद्वय गिरी र तामाङलाई नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बिदाइ गर्नुभयो ।
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले भोलिदेखि प्रहरीको ३२औं आईजीपीका रूपमा कमान्ड सम्हाल्नु हुने छ ।





प्रतिक्रिया