भीपीएनको प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

दार्चुला – नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न भनेको हो ।

भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भएकाले त्यसो नगर्न ब्युरोले सचेत गराएको छ ।

सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि नेपाल बाहिरको लोकेसन प्रयोग गरेर भीपीएनमार्फत प्रयोगकर्ताहरू सक्रिय हुने देखेपछि ब्युरोले सचेत गराएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?