दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ ।

त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । हाल दमकको अवस्था तनावपूर्ण छ ।

जेनजी आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका छन् । नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसरमा पुगेका प्रदर्शनकारीले त्यहाँभित्र रहेका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरेका हुन् । दमक चोकमा प्रदर्शन गरिरहेका आन्दोलनकारी पछि नगरपालिका कार्यालयतर्फ अघि बढेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?