संयम अपनाउन र शान्तिपूर्ण तरिकाले समाधान खोज्न सात दूतावासको संयुक्त आग्रह

दार्चुला । अमेरिकासहित सात देशका दूतावासले जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् । अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया, बेलायत र अमेरिकाका दूतावासहरूले संयुक्त विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

विज्ञप्तिमा शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरिएको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो भएका हिंसात्मक घटनाप्रति दूतावासहरूले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?