दार्चुलाको दुहुँ-३ को वडा कार्यालयमा अज्ञात समुहद्धारा आगजनी

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।

विहिबार राती अज्ञात समुहले वडा कार्यालयमा आगजनी गरेको वडा अध्यक्ष देव बहादुर बमले बताउनुभयो । आगजनीबाट वडा कार्यालयमा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

स्थानीयहरुले विहान आगो नियन्त्रणमा लिने प्रयास गरे पनि कार्यालयमा रहेका सबै सामानसहित कागजपत्र जलेर नष्ट भएको उहाँले बताउनुभयो । घट्नाको विषयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने जानकारी नआएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले अहिले सम्म घट्नाको विषयमा प्रहरीमा जानकारी नआएको बताउनुभयो ।

घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?