दार्चुला कारागारबाट भागेका ३८ कैदी नियन्त्रणमा

दार्चुला । दार्चुला कारागारबाट भागेका ७० जना कैदी मध्ये ३८ जना कारागार फर्किएका छन् । जेन–जीको आन्दोलनका क्रममा मंगलबार बेलुका दार्चुला कारागारबाट भागेका ७० जना मध्ये शनिवार साँझ ५ बजे सम्म ३८ जनालाई नियन्त्रणमा लिइएको र ८ जना सम्पर्कमा रहेको जिल्ला कारागार कार्यालय दार्चुलाका जेलर सरिता चन्दले बताउनुभयो ।

नियन्त्रणमा लिइएका ३८ जना मध्ये केही आफै कारागारको सम्पर्कमा आएको र केहीलाई प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । जिल्ला कारागारबाट भागेका कैदीहरु मध्ये बैतडी, कैलाली र बर्दिया कारागारमा पनि एक एक जना आफै उपस्थित भएको उहाँले बताउनुभयो ।

आन्दोलनको क्रममा असहज परिस्थिती शिर्जना हुँदा कारागारमा रहेका ७७ जना मध्ये ७ जना कारागारमै बसेका थिए भने ७० जना कैदी फरार भएका थिए । अहिले पनि फरार कैदीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कारागारबाट भागेका सबै कैदीबन्दीलाई यथाशीघ्र आफु नजिकको कारागार, प्रहरी, शशस्त्र प्रहरी वा नेपाली सेनाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । कारागारबाट कैदीबन्दी भागेकाले अपराधिक घटनाहरु हुन सक्ने भएकाले सबै नागरिकलाई सजक रहन आग्रह गरीएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?