आगलागीबाट जलेको दुहुँ–३ को वडा कार्यालयको सेवा ब्रह्मदेब स्वास्थ्य चौकीबाट दिइदै

दार्चुला । गत विहिबार राती अज्ञात समुहले आगो लगाउँदा ध्वस्त भएको दुहुँ गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले अस्थाई रुपमा स्वास्थ्य चौकीको भवनबाट सेवा प्रवाह थालेको छ । जेन जी आन्दोलनको निहुँ पारी भाद्र २६ गते राती अज्ञात समुहले वडा कार्यालयमा आगजनी गरेपछि वडा कार्यालयमा राखिएका सम्पुर्ण सामान, अत्यावश्यक कागजात, अभिलेख र प्राविधिक सामानहरु संगै भवन संरचनामा समेत क्षती पुगेको हुँदा वडा कार्यालयले अस्थाई रुपमा वडा नम्बर ३ मै रहेको ब्रह्मदेब स्वास्थ्य चौकीको भवनबाट सेवा सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष देव वहादुर बमले बताउनुभयो ।

वडाध्यक्ष बमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आगजनीमा संलग्न दोषीहरूलाई कानूनी कारबाही गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । साथै उहाँले सामाजिक सद्भावमा खलल पुग्ने कार्य नगर्न सम्पूर्ण वडा बासिलाई आग्रह गर्नुभएको छ ।

वडामा आगजनी हुँदा नियमित सेवा प्रवाहमा समस्या भएको वडा अध्यक्ष बमले बताउनुभयो । वडा कार्यालयको क्षती ग्रस्त भवनको पुनःनिर्माण वा आवश्यक संरचनाहरु निर्माण नभए सम्मको लागि अस्थाई रुपमा वडा कार्यालयबाट उपलब्ध गराईने सम्पुर्ण सेवाहरु स्वास्थ्य चौकीबाटै दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?