सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

दार्चुला। सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिनुभयो।

‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उहाँले भन्नुभयो। संविधान दिवस यही असोज ३ गते हो ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ ।

विगतका वर्षहरूमा गृहमन्त्रालयले संविधान दिवससम्बन्धी सूचना नै निकाल्ने गर्दथ्यो । संविधान दिवस मूल समारोह समिति गठन भएर दिवासको तयारी हुन्थ्यो ।

संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्चमा कार्यक्रम नै राखेर अध्यक्ष संवैधानिक निकायका पदाधिकारीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकारका निजामती, प्रहरी लगायतलाई निम्ता गर्दथ्यो ।

त्यस्तो कार्यक्रममा जंगी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवक, मजदुर, किसान, महिला, सामाजिक संघ संस्थासँग आबद्ध पदाधिकारीहरू एवं नागरिक समाज र उद्योग व्यवसायीका साथै समाजमा क्रियाशील सबै सामाजिक सघ संस्थाका सदस्यहरुलाई समेत आमन्त्रित गरिन्थ्यो ।

यसपटक कस्तो कार्यक्रम गरेर संविधान दिवस मनाउने हो सरकारले प्रस्ट भनेको छैन । गृहमन्त्रालयका उपसचिव आचार्यले संविधान दिवस सामान्य रुपमा मनाउने तयारी रहेको जानकारी दिएका हुन् ।

नेपाली सेनाले पनि सामान्यरुपमा संविधान दिवस मनाउने तयारी रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?