दार्चुलाको सामुदायिक रेडियो लिपुलेक पाँचौ वर्षमा प्रवेश

दार्चुला । समृद्ध नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूल नारासहित दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाज ग्रामीण क्षेत्रबाट १०० वाट क्षमतासहित प्रसारण सुरु गरेको सामुदायिक रेडियो लिपुलेक ९९.६ मेगाहर्ज आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ।

२०७८ साल असोज १ गतेदेखि नियमित प्रसारण सुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सूचना, सन्देश र गीत–संगीत प्रसारण गर्दै आएको छ। अद्वितीय राष्ट्रिय विकास संगठनद्वारा सञ्चालित १०० वाट क्षमताको यस रेडियोले हाल दैनिक १८ घण्टा प्रसारण गर्दै आएको छ।

दार्चुला, बैतडीका अधिकांश र बझाङ जिल्लाका केही भूभाग रेडियोको मुख्य प्रसारण क्षेत्र रहेको निर्देशक गणेश सिंह धामीले जानकारी दिनुभयो। सूचनाको पहुँचबाट टाढा रहेका नागरिकलाई सूचनाको दायराभित्र ल्याउने उद्देश्यले देवभूमि मालिकार्जुनको पुण्यभूमिबाट रेडियोको स्थापना भएको हो। आवाजविहीनका आवाजलाई बुलन्द गर्दै रेडियोले समाचारमूलक, जनचेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको धामीले बताउनुभयो।

हाल दैनिक १८ घण्टा प्रसारण गर्ने रेडियोमा कतिपय समाचार राष्ट्रिय स्तरका समाचार सञ्जालको सहकार्यमा प्रसारण भइरहेको छ। पछाडि पारिएका वर्ग, क्षेत्र र समुदायलाई सञ्चारको माध्यमबाट मूल प्रवाहमा समाहित गर्न अभिप्रेरित गर्नु यस रेडियोको मुख्य उद्देश्य रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?