दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको सरुवा भएको छ । बुधबार एकैपटक प्रहरीका ८५ जना डीएसपीको सुरुवा भएको छ । जस अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख दाहालको पनि सरुवा भएको हो । दाहालको जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा भएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुखमा प्रहरी नायव उपरीक्षक गौरव महत पठाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत महतलाई दार्चुला प्रहरी प्रमुखको जिम्मेवारीमा पठाइएको छ ।
डिएसपी दाहाल एक वर्षअघि दार्चुला प्रहरी प्रहरी प्रमुखको जिम्मेवारीमा आउनुभएको थियो । डिएसपी दाहालको नेतृत्वमा दार्चुला जिल्लाभरि महिला हिंसा, घरेलु हिंसा, कानूनी सचेतना लगायत कार्यक्रमहरु सञ्चालन गरिएका थिए।
दाहालको उत्कृष्ट कार्यसम्पादनका कारण आर्थिक वर्ष ०८१/०८२ को कार्यसम्पादन मुुल्याङ्कनमा दार्चुला प्रहरी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको थियो ।





प्रतिक्रिया