दार्चुला । दार्चुलाको लेकम–६ सिरोडा ठूलखालीमा विद्युत ‘सव स्टेसन’ निर्माणको तयारी भइरहेको छ । लामो समयको प्रयासपछि दार्चुलाको लेकम गाउँपालिका क्षेत्रमा विद्युत आपूर्ती अनियमितलाई रोक्नका लागि सव स्टेसन निर्माणको प्रक्रिया अगाडी बढेको लेकम–६ का वडाअध्यक्ष हरिबहादुर साउँदले बताउनुभयो । केही दिन पहिले लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडा ठूलखालीमा विद्युत शवस्टेशन निर्माणका लागि स्थलगत नापजाँचको काम गरिएको उहाँले बताउनुभयो ।

विद्युत सव स्टेसन निर्माणका लागि लामो समयदेखी प्रयास भइरहेको थियो, उहाँले भन्नुभयो, ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण अहिलेसम्म काम सुरु हुन सकेको छैन् । अहिले ढिलैभएपनि प्रक्रिया सुरु भएको छ । विद्युत सव स्टेसन निर्माणपछि विद्युत् आपूर्ति अनियमितलाई नियमित गर्न सहज हुने बताइको छ । तीन महिना पहिले सव स्टेसन निर्माणका लागि ठेक्का भइ निर्माणस्थलको अवलोकन गरिएको र तिहारपछि काम सुरु गर्ने तयारी रहेको निर्माण व्यवसायी प्रतिनिधि दिपेन्द्र शाहले बताउनुभयो ।

सव स्टेसन निर्माणस्थलको निरीक्षणमा विद्युत कार्यालय, निर्माण व्यवसायी र वडाअध्यक्ष हरिबहादुर साउँद लगायत जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको वडासदस्य चञ्चलसिंह खत्रीले बताउनुभयो । तीन महिना अगाडी इनर्जेटिक नेपाल मुक्तिनाथ जेभीले सिरोडामा सव स्टेसन निर्माणको जिम्मा पाएको छ ।

बैतडीको पन्ज्युनयाँबाट सिरोडासम्म ३३ केभिको विद्युत लाइन निर्माण गरेर ठुलखालीमा थ्रि एमबिए (३००० केभीए) को ट्रान्सफर्मर राखिने र ११ केभि प्रसारण लाइनमार्फत विद्युत वितरण गरिने प्राविधिक संजय शाहले बताउनुभयो । सव स्टेसन निर्माणसँगै लेकम क्षेत्रमा विद्युत आपूर्ति नियमित हुनुका साथै औद्योगिक क्षेत्र विस्तार तथा मेसिनहरु सञ्चालनमा सहयोग पुग्ने छ । डेढ वर्ष भित्र काम सक्ने समय रहेको र विवाद नआए एक/डेढ वर्षमै प्रसारण लाइन र सव सटेसन निर्माण गरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?