जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए

दार्चुला । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार पाँच सय ४९ कैदीबन्दीमध्ये अहिलेसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार सात सय १३ र सुधारगृहबाट भागेका तीन सय ४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उहाँका अनुसार अझै ६ हजार चार सय ९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार आठ सय ७२ र सुधारगृहबाट भागेका ६ सय २२ जना रहेका छन् ।

उनीहरूको खोजी भईरहेको न्यौपानेले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते कारागारबाट १३ हजार पाँच सय ८५ र सुधारगृहबाट नौ सय ६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने ज्यान गएको छ । कूल ३० हजार ६ सय ४६ कैदीबन्दी रहेकामा अहिले २३ हजार चार सय ४६ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?