कर्णाली । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार, शनिबार बिहान चंखेली–४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी २० वर्षीया कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
हंश बिवाहित हुन् भने कर्मा अबिवाहित हुन् ।
सोही ठाउँका शैलेन्द्र शाहीले दिएको सूचनाका आधारमा प्रहरी चौकी मेल्छामबाट प्रहरी खोजी कार्यमा खटिएको छ ।
उनीहरूको अहिले पनि खोजी कार्य जारी छ । आफन्तहरूलाई खबर भइसकेको डीएसपी पोखरेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया