दार्चुला । जेन-जी आन्दोलनका क्रममा दार्चुला कारागारबाट भागेर फरार भएका कैदीहरुको खोजी गर्नका लागि कार्यदल गठन गरिएको छ । सरकारको मन्त्रीस्तरीय निर्णयले सम्बन्धित जिल्लामा ‘फरार कैन्दीबन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गर्न निर्देशन दिएपछि आइतबार दार्चुलामा पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी संयोजक रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको कारागारका प्रमुख (जेलर) सरिता चन्दले बताउनुभयो ।

फरार कैदीको खोजी गर्न गठित कार्यदलमा कारागार प्रमुख सरिता चन्द सदस्य सचिव रहनुभएको छ भने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावत, शसस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका शसस्त्र प्रहरी निरीक्षक कमलेश प्रसाद भट्ट, अनुसन्धान अधिकृत धिरज बहादुर रावल, सहायक जिल्ला न्यायाधिवक्ता गौर सिंह महर सदस्य रहनुभएको छ ।

कार्यदलले फरार कैदीहरुको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन जेलर चन्दले बताउनुभयो। यस्तै कार्यदलले कारागारबाट फरार कैदीबन्दीहरूलाई अविलम्ब कारागारमा फिर्ता हुन आग्रह समेत गरेको छ । कारागार फर्किन बाँकी कैदीहरुको सम्बन्धमा असोज २० गतेभित्र कारागार फर्कन समयसिमा तोकिएको र सो समयभित्र कारागार नर्फिकने कैदीहरुलाई कारागार ऐन, २०७९ र अन्य प्रचलित कानून बमोजिमको कारबाही हुने जनाइएको छ ।

जेन जी आन्दोलनको क्रममा भाद्र २४ गते दार्चुला कारागारबाट ७१ जना कैदीहरु भागेका थिए । ति मध्ये आइतबार सम्म ६३ जना कैदीहरु कारागारमा फर्केका छन् भने ८ जना कैदी फरार रहेको कारागार प्रमुख चन्दले बताउनुभयो । आज गठन गरिएको कार्यदलले फरार ८ जना कैन्दीलाई पटक पटक कारागार फर्कन आग्रह गरे पनि हालसम्म कारागारको सम्पर्कमा नआएकोले असोज २० गतेसम्म कारागार फर्कन समय सिमा तोकिएको बताइएको छ । कारागार प्रशासकले कारागारमा फर्किसकेका र फर्किन बाँकी ८ जना कैदीहरुको विबरण दैनिक अद्यावधिक गरी कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन, सुरक्षा समिति, सुरक्षा निकायहरु जिल्लास्थित कार्यदल र अन्य जिल्लाका कार्यदललाई पठाउने निर्णय गरेको जेलर चन्दले बताउनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?